शनिबार, साउन ९, २०८३

को-को हुन् यस बर्षका सर्वाधिक विकेट लिने खेलाडी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सन् २०१८ मा विश्व क्रिकेटमा थुप्रै उथल पुथलसँगै एक एतिहासिक वर्ष सावित भयो । किनकी नेपालका लागि पनि यो बर्ष निकै नै फलदाई रह्यो । नेपालले यसै बर्ष पहिलो पटक वान डे मान्यता पायो । यस वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्को देशले सिरीज नै वढि खेले । 

यो महिना सन् २०१८ को यो अन्तिम महिना पनि हो । त्यसैले सन् २०१८ मा सर्वाधिक विकेट लिने शिर्ष तीन खेलाडीको कुरा गर्दा सबै स्पिनर रहे । तीब्र गतिका बलर टप ३ मा पर्न सकेनन् । यस वर्ष वान डे क्रिकेटमा सर्वाधिक विकेट लिने ३ खेलाडी को-को हुन् त ।

राशिद खान

अफगानिस्तानका लेग स्पिनर राशिद खान यो वर्ष वान डे क्रिकेटमा सर्वाधिक विकेट लिने बलर बने । राशिदले २० खेलमा ४८ विकेट लिएका छन् । उनको इकोनमिक रेट ३.८९ रहेको छ । यस बर्ष उनको उत्कष्ट प्रदर्श ५-२४ रह्यो । अफगानिस्तानलाई आगमी वर्ष विश्वकपमा छनोट गराउन र एसिया कपमा सुपर फोर सम्म पुर्यान रासिदले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

कुलदिप यादव

यसै वर्ष देखि भारतीय टोलीमा आफ्नो स्थान बनाएका भारतीय लेग स्पिनर कुलदिप यादव दोस्रो स्थानमा छन् । कुलदिपले भारतलाई एसिया कप जिताउन देखी वान डे श्रृंखलामा सम्म उत्कृष्ट प्रदर्शन गरे । उनले यस बर्ष १९ खेलमा ४५ विकेट हात पारे । कुलदिपको यो वर्ष उत्कष्ट प्रदर्श ६-३६ हुँदा इकोनमिक रेट ५ भन्दा तल रह्यो । भारतीय टोलीमा कुलदिपको आगमनसँगै भारतीय क्रिकेटमा रविन्द्र जडेजा र रविचन्द्र आश्विन संकटमा परेका छन् । 

आदिल राशिद 

इंग्ल्यान्डका स्पिनर आदिल राशिद यस वर्ष सर्वाधिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् । उनले २४ खेलमा ४२ विकेट हात पारे । यस वर्षको उत्कृष्ट प्रर्दशन ४-३६ हुँदा इकोनमीक रेट ५.११ रह्यो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।