शनिबार, साउन ९, २०८३

मेस्सीमा कस्ता छन् फुटबल गुण ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका कप्तानसमेत रहेका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीलाई विश्वकै उत्कृष्टमध्येका एक फुटबलर मानिन्छ । कतिपयले त उनको तुलना अर्जेन्टिनाकै लिजेन्ड डिएगो म्याराडोनादेखि ब्राजिलका लिजेन्ड पेलेसँग पनि गर्ने गरेका छन् । 

अनि कतिले मेस्सीलाई इतिहासकै सर्वकालीन महान् खेलाडीको उपमा दिन पछि पर्दैनन् । तर, यता पेलले भने मेस्सी एक पूर्ण खेलाडी नभएको बताउँछन् । उनले मेस्सी उत्कृष्ट खेलाडी रहे पनि उनीसँग एक फुटबलरमा हुनुपर्ने कौशलता नरहेको बताएका हुन् । 

पेलेले खेल कौशलका हिसाबले अर्जेन्टिनाका म्याराडोना मेस्सीभन्दा धेरै उत्कृष्ट रहेको पनि बताए । एक फरवार्डका हिसाबले मेस्सीसँग थुप्रै कुरा अभाव रहेको पेलेले बताए ।

‘मेस्सीसँग खालि एउटा मात्रै क्षमता छ । उनले सधैं एकै खुट्टाले मात्रै बल हान्छन् ।’ पेलेले भने, ‘उनले राम्ररी बल हेडिङ गर्न सक्दैनन् र उनमा फुटबलरमा चाहिने अन्य शारीरिक कौशलता पनि छैन ।’

पेलेले खेल शैलीका हिसाबले मेस्सीभन्दा म्याराडोना उत्कृष्ट रहेको बताए । म्याराडोनाले आफ्नो बेलमा आफूले पनि निकै फरक तरिकाले खेल्ने गरेको सम्झिए । पेलेले भने, ‘मैले बुझेसम्म म्याराडोना विश्वकै उत्कृष्टमध्येका एक हुन् । यदि तपाईं मलाई उनी मेस्सीभन्दा उत्कृष्ट हुन् भनेर सोध्नुहुन्छ भने अवश्य पनि, म्याराडोना मेस्सीभन्दा निकै उत्कृष्ट खेलाडी हुन् ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।