मंगलबार, चैत २४, २०८२

‘लिटिल मेस्सी’को परिवारलाई तालिवानको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

बिबिसी- अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाम लेखिएको जर्सी लगाएर चर्चित बनेका लिटिल मेस्सीलाई तालिबानले चेतावनी दिएका छन् । तालिवानको चेतावनीका करण लिटिल मेस्सीले आफ्नो परिवारसँगै फेरि देश छोड्नु परेको छ ।

यसअघि पनि सन् २०१६ मा उनीहरुलाई तालिवानले धम्किदिएका कारण पाकिस्तानमा केहि समयका लागि शरणार्थीका रुपमा बसेका थिए । तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तर्राष्ट्रिय स्तरमा नै भाइरल भए । सन् २०१६ मा मेस्सी लेखिएको प्लास्टिकको जर्सीमा फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि मुर्ताजा चर्चामा आएका थिए । 

सामाजिक संजालमा भाइरल भएपछि मेस्सीले मुर्ताजालाई कतारको दोहामा भेटेका थिए । यस्तै मेस्सीले उनलाई आफ्नो हस्ताक्षर भएको अर्जेन्टिनाको जर्सी उपहार पठाएका थिए ।


सात बर्षीय लिलिट मेस्सी अर्थात अफगानिस्तानी मुर्ताजा महमदीको परिवार अफगानिस्तानको दक्षिण पूर्वी गाजिया प्रान्तमा बस्दै आएका थिए । तर, पटक पटक तालिवानको धम्की आएपछि उनको परिवार राजधानी काबुलबाट पनि सरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । 

‘तिमीहरु धनी भएका छौं । मेस्सीले तिमीहरुलाई पैसा दिने गर्छ’, तालिवानले धम्कीमा उद्दृत गर्दै मुर्ताजाको आमा शाफिकले भने, ‘मेस्सीबाट आएको पैसा हामीलाई देऊ वा हामी तिम्रो छोरा लैजान्छौ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।