शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : ब्रिगेड र मछिन्द्र बराबरीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले बराबरी खेलेका छन् । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । 

दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुबै टोलीले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । खेल दौरान पाएको केहि मौका दुबै टोलीले गुमाउदा खेलमा कुनै गोल हुन सकेन । 

पहिलो हाफमा ब्रिगेडले हावि देखिएको थियो । पहिलो हाफमा ब्रिगेडले उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर, ति अवसरलाई गोलमा परिणत गर्न सकेन् । खेलको ४५ औं मिनेटमा ब्रिगेडका कैलाश बस्नेतको हेड पोलमा लागेर फर्किएको थियो । 

कैलाशले ऋतिक खड्काको पासलाई सदुपयोग गरेपनि पोलमा लाग्दा ब्रिगेड जित निकाल्नबाट चुकेको थियो । बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोडेको छ भने मछिन्द्रले ६ खेलबाट ३ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।