मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डिप्रेसन र एन्जाइटीको कारक हुन सक्छ जंक फुड

 |  मंगलबार, माघ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

अक्सर हामी गाडीमा लामो यात्रा गर्दा दालभात, रोटी आदिको सट्टा चिप्स, बिस्कुट, कोल्ड ड्रिंक्सजस्ता खानेकुरामा रुचि राख्छौं। कहिलेकाहीँ भोक नलागेको बेला पनि यत्तिकै टाइम पास गर्न वा साथीभाइको जमघटमा यस्ता खानेकुरा खाइदिन्छौं।

triton college

यसो गरिरहँदा हामी ख्याल गर्दैनौं- परम्परागत खानेकुराको सट्टा यस्ता अल्ट्रा प्रोसेस्ड खानेकुरा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। धेरैलाई थाहा पनि छ यो कुरा, तरपनि खाइरहेकै छौं। जंक फुड तयार नै यसरी गरिएको हुन्छ कि यो खाँदा मजा आओस् र मानिसलाई यसको लत लागोस्। खाने खाने बेला हाम्रो दिमागले हामीलाई सिग्नल दिन्छ कि अब पेट भरियो, पुग्यो। तर अल्ट्रा प्रोसेस्ड खानेकुरा यसरी तयार गरिन्छ कि खाइरहुँ। पेट भरिए पनि दिमागले पुग्यो भन्दैन।

सामान्यतया अल्ट्रा प्रोसेस्ड फुड भनेको घरको किचेनमा बनाउन नसकिने खानेकुरा हो। किचेनमा बनाइएको खानेकुरालाई प्रोसेस्ड फुड भन्न सकिन्छ तर प्याकेटमा आउने अल्ट्रा प्रोसेस्ड हुन्छ। उदाहरणको लागि हामी घरमा दूधबाट दही बनाउँछौं भने त्यो प्रोसेसेसिङ हो, तर कुनै ठूलो उद्योगमा रंग, फ्लेबर, चिनी, कर्न सिरप आदि हालेर दही बनाइन्छ भने त्यो अल्ट्रा प्रोसेस्ड फुड हो। यी चिज दहीमा पोषण बढाउन हालिँदैन। यसकारण हालिन्छ ताकि स्वादिष्ट बनोस् र मानिस यसमा बानी परुन्। यसलाई कस्मेटिक फुड पनि भन्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार अल्ट्रा प्रोसेस्ड फुड यस्ता सामग्रीबाट बनाइन्छ जसमा औद्योगिक प्रक्रिया र प्रविधि प्रयोग भएको हुन्छ। कार्बोनेटेड कोल्ड ड्रिंक, मिठाइ, फ्याटवाला नमकीन, क्यान्डी, ठूलो मात्रामा बनाइने ब्रेड, बिस्कुट, पेस्ट्री, केक, फ्रुट योगर्ट, रेडी टु इट मिट, चीज, पास्ता, पिज्जा, फिस, ससेज, बर्गर, हट डग, इन्स्ट्यान्ट सुप, इन्स्ट्यान्ट नुडल्स आदि अल्ट्रा प्रोसेस्ड फुडमा पर्छन्। यी खानेकुरामा चिनी, नुन, फ्याट, प्रिजर्भेटिभ आदि प्रयोग गरिएको हुन्छ जुन हामी किचेनमा प्रयोग गर्दैनौं वा गरे पनि निकै कम मात्रामा गर्छौं। खानेकुरालाई लामो समय खराब हुन नदिन र स्वाद बढाउन कृत्रिम प्रिजर्भेटिभ प्रयोग गरिन्छ। यसको अत्यधिक र लामो समयको उपभोगले शरीरमा क्यान्सर उत्पन्न हुन सक्छ। कृत्रिम रंग र प्रिजर्भेटिभले शरीरमा एलर्जी हुन सक्छ, शरीरको इम्युनिटी कमजोर हुन्छ।

विशेषज्ञहरुका अनुसार यदाकदा यस्ता खानेकुरा खान सकिन्छ तर कुल खानेकुराको १० प्रतिशतभन्दा बढी उपभोग हुन थाल्यो भने शरीरमा हानि हुन थाल्छ। प्याकेट खानेकुराको सबैभन्दा खराब असर भनेको तौल बढ्नु हो जसले धेरै रोगलाई आमन्त्रण गरिरहेको हुन्छ। डायबिटिज, ब्लड प्रेसर, मुटु रोग, कलेजोमा खराबीदेखि क्यान्सरसम्मको कारक जंक फुडलाई मान्छन् विशेषज्ञहरु। डिप्रेसन र एन्जाइटीको कारक पनि अल्ट्रा प्रोसेस्ड फुड हुन सक्ने कुरामा अनुसन्धान भइरहेको छ।

Metro Mart
vianet

सबैभन्दा खतरनाक भनेको जंक फुडको आदत हो। लत लागिसकेपछि यसको हानिका बारेमा थाहा पाए पनि छोड्न गाह्रो हुन्छ। यदि तपाईं हप्तामा चार दिन यस्तो खानेकुरा खानुहुन्छ भने लत लाग्ने जोखिम हुन्छ। योभन्दा कम छ भने अझै कम गर्दै बन्द नै गर्न सक्नुहुन्छ। खानेकुरा किन्ने समयमा लेबल राम्रोसँग पढ्ने हो भने पनि तपाईं यस्तो खानेकुरा किन्न हच्किनुहुन्छ।

जंक फुडमा सबैभन्दा बढी लहसिने बालबच्चा हुन्। उनीहरुलाई यसको असरबारे थाहा हुने कुरा पनि भएन। बालबालिकालाई सानो उमेरदेखि नै घरमै बनाएको खानेकुरा खाने बानी पार्न आमाबाबुको ठूलो हात हुन्छ। उमेरअनुसार बालबालिकालाई खाना पकाउने प्रक्रियामा सामेल गराउने, खानेकुराको नाम चिनाउने, कुन खानेकुराबाट के भिटामिन पाइन्छ भनेर भनिरहने गर्दा सानो उमेरदेखि नै खानेकुराप्रति चासो बढ्छ। उमेर बढ्दै जाँदा उनीहरूमा खाना पकाउन कोसिस गर्ने या पकाउने तरिकाबारे बुझ्ने बानीको विकास पनि हुन्छ।

प्रकाशित: Jan 23, 2024| 19:30 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार