आइतबार, मंसिर २१, २०८२

विज्ञापन व्यवसायी पौडेलको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मलराज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौं छप्प नाचौं’ सार्वजनिक भएको छ।

National life

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन्। गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत छ ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ।

भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन छ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 23, 2024| 13:10 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्