काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । त्रिवि रंगशालामा शनिबारबाट सुरु हुने प्रतियोगिताको ट्रफी आयोजक इपीएलले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो ।
इपीएल ट्रफी सहभागी ६ टोलीका कप्तान, साविकको विजेता टोलीका मालिक र प्रतियोगिका एमडी आमिर अक्तरले सार्वजनिक गरेका हुन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ ।
आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्स र विराटनगर वारियर्सले खेल्नेछन् । यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन् ।
ट्रफी सार्वजनिकमा प्रत्यक टिमका कप्तान र मालिकले एक अर्का टिमलाई शुभकामना समेत दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४