मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापाल भ्रष्टाचारी ठहर, हाकिमलाई सफाई

पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापाल भ्रष्टाचारी ठहर, हाकिमलाई सफाई

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नगेन्द्रप्रसाद चौधरीलाई भ्रष्टाचारी ठहर गरेको छ। 

National life

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र जितेन्द्र थापाको इजलासले भ्रष्टाचार कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो। गत पुस २५ मा कसुर ठहर गरेको इजलासले सोमबार सजाय निर्धारण गरेको हो। 

नासु गुप्ताको भ्रष्टाचारमा विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित पाँच वर्ष कैद हुने फैसला गरेको हो। यस्तै, लेखापाल चौधरीलाई विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित चार वर्ष कैद सजाय निर्धारण गरेको हो। 

नायव सुब्बा गुप्ताले लिखत रजिष्ट्रेसन पारित हुँदा प्राप्त हुने राजस्व उठाउने र उठेको राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउनुको साटो नबुझाई आफैँले राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ चैत १२ गते मुद्दा दायर गरेको थियो। 

आयोगले नासु गुप्ता र लेखापाल चौधरीबाहेक आर्थिक वर्ष ०७२/७३ मा कार्यालय प्रमुख भएर काम गरेका प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मालाई पनि विपक्षी बनाएको थियो। तर, विशेष अदालतले कार्यालय प्रमुखद्वयलाई भने सफाइ दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2024| 17:56 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्