शनिबार, असार १३, २०८३

प्रहरीसँगको झडपमा एक मन्त्री र दुई सांसदहरु घाइते 

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०
National life
Shivam cement

काठमाडौं- सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। सोमबार कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको हो। सामान्य विवाद हुँदा मन्त्री महेशप्रसाद यादवको नाकमा चोट लागेको छ। उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको पनि प्रहरी जनाएको छ। 

प्रकाशित: Jan 22, 2024| 16:47 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्