मंगलबार, पुस १, २०८२

नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

नेपालगञ्ज- भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन्।

National life

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाको भनाइ छ। उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले धार्मिक पर्यटनका लागि नेपालगञ्ज-जनकपुर हवाईमार्गसँगै स्थालमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा उडान भए पनि त्यसको धार्मिक पर्यटनमा दूरगामी असर पर्ने बताए।

उनले नेपालगञ्ज-जनकपुर र जनकपुर-काठमाडौंको एकीकृत हवाई मार्गले नेपालगञ्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतको अयोध्यामा रहेको श्रीराम मन्दिर आउने लाखौँ पर्यटकलाई नेपालगञ्ज हुँदै नेपाल भित्र्याउन सके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।

हडियाबावा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वैश्य भन्छन्, 'भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि सीताजीको जन्मभूमि जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गरेपछि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।' 

उनले नेपालगञ्ज-पोखराको हवाई उडान भएजस्तै नेपालगञ्ज-जनकपुरको उडानका लागि यति एयरलाइन्स, बुद्ध एयरलाइन्स वा श्री एयरलाइन्सको जहाजलाई राति राँझा विमानस्थलमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्र्याउन सकिने बताए।

Laxmi sunrise bank
kumari

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज-जनकपुर हवाईमार्ग अविलम्ब सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए।

उनले पर्यटन प्रवर्द्धनका लागि हवाईमार्गसँगै नेपालगञ्ज-अयोध्यास्तरीय बस सेवासमेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने तर्क गरे।

पर्यटन व्यवसायी सिग्देलले भने, 'राजनीतिक नेतृत्वसँग इच्छाशक्ति मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागू गर्न सकिन्छ।' उनका अनुसार अयोध्या नेपालगञ्जबाट सबैभन्दा बढी नजिक भएको सहर हो। नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलोमिटरको दुरीमा रहेको बताइएको छ।

नेपालका सबै पर्यटकीयस्थललाई जोड्न हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई ‘कनेक्टीभिटी’ र बस सेवाको कनेक्टीभिटी आवश्यक भएको सिग्देलको भनाइ छ। नागरिक अभियानकर्मी तथा अधिवक्ता विश्वराज तिवारीले हवाईमार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए।

उहाँनले भारत र नेपालीबीचको भाइचारा सम्बन्धसमेत बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि पनि सहज हुने बताए।

नेपालगञ्जको हनुमानगढी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्यामा श्रीरामको दर्शन गरेपछि सीतामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जान हवाईमार्ग अतिआवश्यक भएको जानकारी दिँदै माता जानकीको दर्शन गरेकाले पुनःश्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताए। 'यी दुवै मन्दिरको दर्शन हुने भएकाले धार्मिक पर्यटनमा यसले टेवा पुर्‍याउँछ', उनले भने।

नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरबाहेक अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत रहेका छन्।

प्रकाशित: Jan 22, 2024| 16:15 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्