मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा दीप बालिँदै

राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा दीप बालिँदै

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ। रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन्।

National life

यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ। सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ। जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दूवादी संगठनले दीप प्रज्वलनको लागि तयारी गरेका छन्।

जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ। राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिकालगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएका छन्। सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन्।

 

प्रकाशित: Jan 22, 2024| 14:30 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्