शनिबार, असार १३, २०८३

इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिन् मेनुका पौडेल

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०
National life
Shivam cement

काठमाडौं- नेपालकी गायिका मेनुका पौडेल इण्डियन आइडल १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन्। आइतबार बेलुकाको एपिसोडबाट मेनुका टप टेनमा प्रवेश गरेकी हुन्।

बटम थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन्। योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ। मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको एपिसोडबाट भएको हो।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए। ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो। ऋतिकले सहभागीसँग नाचगान समेत गरेका थिए।

प्रकाशित: Jan 22, 2024| 14:23 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्