आइतबार, साउन ४, २०८२

पोलिक्लिनिक चलाउने नक्कली डाक्टर पक्राउ

 |  सोमबार, माघ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भट्टाचार्यले काठमाडौंको वसुन्धरामा धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। उनी मोरङको विराटनगर महानगरपालिका-२ का हुन्। आफूले अहिलेसम्म ३ सयभन्दा बढी बिरामीलाई 'उपचार' गराएको प्रारम्भिक बयान उनले दिएका छन्। उनले तीन वर्षदेखि यस्तो काम गरिरहेको बताइएको छ।

चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको भट्टाचार्यले बताउने गरेका थिए। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए।

भट्टाचार्यले नक्सालस्थित 'वी केयर' मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ। उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: Jan 22, 2024| 14:00 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्