मंगलबार, पुस १, २०८२

काठमाडौंमा तापक्रम घट्दो, आज यस वर्षकै कम

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। काठमाडौंमा आज ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसमविद् सरोज पुडासैनीले बताए।

National life

यसअघि गत डिसेम्बर ५ मा न्यूनतम तापक्रम ३.५ डिग्री रेकर्ड गरिएको थियो। काठमाडौं उपत्यकामा सोमबार पारदर्शिता पनि घटेको छ। त्यसकारण बढी चिसो अनुभव भएको उनले बताए।

बिहान उपत्यकाभर हुस्सु जस्तो देखिएको थियो। पुडासैनीका अनुसार पारदर्शिता तीन हजार मिटर छ। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा पारदर्शिता पनि घटेको हो।

त्यस कारण काठमाडौंमा बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

आइतबार रेकर्ड गरिएको तथ्यांकअनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोम माइनस ५ र दोलखाको जिरी मा १ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2024| 12:09 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्