आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, भने- प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला

पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, भने- प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला

 |  सोमबार, माघ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले आफूसमेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले आज साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन्। पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ।

लामिछानेले फेसबुकमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नुभो कि? छुट्नुभएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ। उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ। लामिछाने समेत नेतृत्व तहमा रहेर सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनका लागि पोखरा, चितवन र बुटवलका विभिन्न सहकारीका बचतकर्ताको रकम गैरकानुनी रुपमा स्थानान्तरण गरेको पाइएको विषय सञ्चारमाध्यममा आएको छ।     

प्रकाशित: Jan 22, 2024| 11:26 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्