बुधबार, भदौ १७, २०८३

तनहुँको देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

तनहुँ- तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो। ट्रक चालकको खोजी भइरहेको उनले बताए। 

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Jan 22, 2024| 09:10 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्