सोमबार, मंसिर १, २०८२

मानवअधिकारकर्मी शाही सम्मानित 

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

कञ्‍चनपुर- महिला तथा मानव अधिकारकर्मी एवं सामाजिक क्षेत्रमा कृयाशिल महिला उर्मीला शाही सम्मानित भएकि छन्। भिमदत्त नगरपालिका को ४६ औ बर्ष तथा ५ औ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका माझ जयपृथ्वी बहादुर सिंह मानब अधिकार पुरुस्कारबाट अधिकारकर्मी शाही सम्मानीत भएकी हुन्।

National life

विगत १२ बर्ष देखि साथि संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेबाफत दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको भिमदत्त नगरपालिकाले जनाएको छ।

नगरपालिकाले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गर्नेलाई सम्मान गर्ने योजना अनुसार थुप्रै विधा मध्येको एक विधा जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरूस्कार पनि रहेको र सोहि अनुरूप विशेष मुल्यांकनका साथ मानव अधिकारकर्मी शाहिलाई उक्त पुरूस्कारबाट सम्मानित गरिएको नगरपालिकाले जनाएको हो।

अहिले शाहि महेन्द्रनगरमा रहेको साथि संस्थाको कञ्चनपुर जिल्ला संयोजकको रूपमा काम गर्दै आईरहेकि छिन्। यसरी आफ्नो कामको उचित मुल्यांकन गरी सम्मान हुन पाउँद खुसि लागेको भन्दै आयोजक भिमदत्त नगरपालिकालाई आभार समेत व्यक्त गरेकी छन्।

उनले भनिन्, 'भिमदत्त नगरपालिकाले मेरो कामको मुल्यांकन गरेर सम्मानित गरेकोमा हार्दिक आभार दिन चाहान्छु, आगामी दिनमा समेत थप जिम्मेवार भएर काम गर्दै जाने प्रण समेत गर्दछु।'

Laxmi sunrise bank
kumari

उनले अगाडि भनिन्, 'यो पुरुस्कार म कार्यरत साथि संस्थाप्रति समर्पण गर्दै पुरुस्कारले मलाइ हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा थप उर्जाशिल भएर लाग्न प्रेरणा मिलेको छ।'

प्रकाशित: Jan 22, 2024| 09:00 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्