शनिबार, चैत २१, २०८२

स्वयम्भूको एक घरमा फेला परेको शवको पहिचान खुल्यो

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

काठमाडौं- यही माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।

National life

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले स्वयम्भूस्थित गिरिको घरको भुईं तल्लामा भेटिएको शव मियाको भएको पुष्टि गरे। ‘मियाको हत्याको आशङ्कामा भारत दरभङ्गाका ४३ वर्षीय इकरामूल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’, उनले भने। अन्सारी र मिया विगत एक वर्षदेखि सँगै बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। दुईजनाबीच वादविवाद हुँदा हत्या भएको खत्रीले बताए। 

प्रहरीप्रमुख खत्रीले घरमा बस्ने व्यक्तिको विस्तृत विवरण घरबेटीसँग नहुँदा अनुसन्धानमा समस्या परेको भन्दै आगामी दिनमा यस्ता कुरामा ध्यान दिन सबैलाई आग्रहसमेत गरे। मिया विगत तीन महिनादेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित: Jan 22, 2024| 08:53 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्