मंगलबार, पुस १, २०८२

बर्दियाबाट काठमाडौं आउँदै गरेको नाइट बस दाङमा दुर्घटना

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

बर्दियाबाट काठमाडौं आउँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

National life

दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको नाइट बस आइतबार राति ११ बजे दुर्घटना भएको हो।

दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक निदाएपछि जंगलको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा चालक घाइते छन्।  बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jan 22, 2024| 07:43 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्