बिहीबार, असार ५, २०८२

बलिउड हट नायिका सन्नीको इन्ट्री नेपाली ‘पासवर्ड’मा

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – बलिउडकी हट नायिका सन्नी लियोनको इन्ट्री नेपाली फिल्म इन्डस्ट्रिजमा भएको छ। उनको इन्ट्री नेपाली फिल्म ‘पासवर्ड’ को आइटम गीतमा नृत्य गरेर भएको हो। 

चलचित्र निर्माण पक्षले सन्नीले अभिनय गरेको ‘सन्नी हो नाम मेरो’ बोलको गीतका केही तस्बिर सार्वजनिक गर्दै उत्तः कुराको जानकारी दिएको हो। लन्डनमा छायांकन गरिएको यो गीतका लागि धेरै खर्च भएको निर्माण पक्षले जानकारी दिएको छ।

गीतको कोरियोग्राफी विष्णु देभालले गरेकी छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ।  सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँमा सम्झौता गरिएको बताइएको छ। एबी इन्टरनेसनल ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ। चलचित्रमा अनुपविक्रम शाही, विक्रम, शाही, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्