मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • युगाण्डामा प्रधानमन्त्रीले भने -  नामले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिनुपर्छ

युगाण्डामा प्रधानमन्त्रीले भने -  नामले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिनुपर्छ

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ लाई असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

युगाण्डामा जारी ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई  सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ।’
 
‘नाम’ का धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
 
विश्वव्यापीकरण विश्वास गरिए अनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशहरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गरे। उनले विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्ने बताए।
‘नाम’ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उनले बताए।
 
‘नाम’ ले संयुक्त राष्ट्रसङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशहरूको आवश्यकताप्रति उत्तरदायी बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने,  ‘हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले गर्दा बहुआयामिक विश्वव्यापी समस्याहरूको समाधान गरी दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ।’
 
बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो।
 

प्रकाशित: Jan 19, 2024| 18:38 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्