शनिबार, असार १३, २०८३

शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ : नेता पौडेल

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताएका छन्।

National life

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताए। उनले देशले लगानी बनाएको व्यक्तिलाई स्वदेशमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न उच्च शिक्षामा राज्यको मुख्य दायित्व हुने धारणा राखे।

प्राथमिक शिक्षालाई अनिवार्य गर्ने र त्यसपछिको शिक्षालाई सीप र श्रमसंग जोड्नेगरी शिक्षा क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए।

पौडेलले बिभिन्न क्षेत्रमा जनशक्ति आवश्यकताका आधारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयमा मेरिट र प्रतिष्पर्धाका आधारमा योग्य र क्षमतावान व्यक्तिलाई लैजानुपर्ने बताए।

पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा मुक्त बनाउनुपर्ने पनि बताए।

Shivam cement

प्रकाशित: Jan 19, 2024| 20:45 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्