शुक्रबार, जेठ १, २०८३

मिडियामा खुलेको प्रियंका र निकको जोडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो बिहे र पार्टीलाई लिएर चर्चामा छिन्। यही डिसेम्बर १-२ मा अमेरिकी गायक निक जोनससँग वैवाहिक सम्बन्धमा आबद्ध भएपछि प्रियंकाले मंगलबार दिल्लीमा पहिलोपटक पार्टी दिइन्। उनले दिएको उक्त पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै उच्च पदस्थ व्यक्ति देखापरे।

पार्टीपछि प्रियंका र निक पहिलोपटक मिडिया देखा परेका छन्। बुधबार प्रियंका र निक दिल्लीमा एक इभेन्टमा पुगे। उक्त इभेन्ट अमेरिकी कम्पनी बुम्बले आयोजना गरेको थियो। सोही इभेन्टमा उनीहरूले मिडियालाई तस्बिर खिच्न दिए।

प्रियंकाको हात र पाउमा बिहेको मेहन्दी देखिएको छ सिउँदोमा सिन्दूर। इभेन्टमा प्रियंका र निक आकर्षक देखिन्थे। डेटिङ एप बुम्बले छिट्टै भारतमा बजार विस्तार गर्दैछ। प्रियंका बुम्बलेका लागि भारतमा ब्रान्ड एम्बेसडर रहेको बताइएको छ।
 
उनीहरुले आफ्नो बिहेको पार्टी दिल्लीको होटल ताजमा दिएका थिए। जसमा प्रधानमन्त्री मोदीले उनीहरुलाई गुलाबको फूलको गुच्छासहि आशीर्वाद दिएका थिए। प्रधानमन्त्री मोदीलाई प्रियंकाले सोसल मिडियामार्फत धन्यवाद दिएकी छन्।

उनीहरुले क्रिस्चियन र हिन्दु परम्पराअनुसार बिहे गरेका थिए। प्रियंका र निकको संगीत सेरेमनी र मेहन्दीको तस्बिर त पहिले पनि सार्वजनिक भएको थियो। तर यतिबेला उनीहरु बिहेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्