शनिबार, साउन ३, २०८२

समाजमा अनुशासनको कमी भयो: ओली

 |  शुक्रबार, माघ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

vianetvianet

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन्। नेपाल खेलकुद महासङ्घको दोस्रो बैठकलाई ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताए।

“अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ। खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ। त्यो अनुशासनलाई हामीले समाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उनले भने। उनले सबैले अनुशासित भएर जीवन बिताउनुपर्ने समेत आग्रह गरे।

अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताए। देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उनले राखे।

“नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उनले भने ।

प्रकाशित: Jan 19, 2024| 05:45 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्