बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी घोटाला गरेको भन्दै रवि लामिछानेविरुद्ध विभागमा उजुरी दर्ता 

सहकारी घोटाला गरेको भन्दै रवि लामिछानेविरुद्ध विभागमा उजुरी दर्ता 

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

काठमाडौं- नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार नेविसंघले सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो ।

National life

संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ । नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ।

संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै प्रदर्शन समेत गरेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए।

नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको जनाएको छ।

नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई यस प्रकरणप्रति गम्भीरतापूर्वक ध्यान दिन, तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्न विभाग सामु जोडदार माग गरे । संघले आफ्नो प्रतिबद्धतामा अटल रही नेपाली जनताको हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने बताएको छ। 

Laxmi sunrise bank
kumari

शक्ति र पदको आडमा अपराध र अपराधीलाई ढाकछोप गर्ने काम भएमा नेविसंघले त्यसको कडा प्रतिवाद गर्ने नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनीले रजिष्ट्रार सामु बताएका छन्।

प्रकाशित: Jan 18, 2024| 16:40 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्