एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उच्च लयमा रहेको लिभरपुलले बर्नलीमाथि पुनरागमन जित दर्ता गरेको छ । गत राति भएको लिगको १५औं खेलमा पछि परेको स्थिति उल्ट्याएर लिभरपुलले अवे मैदानमा बर्नलीमाथि ३-१ को जित निकालेको हो ।
पहिलो हाफमा दुवै पक्षबाट गोल भएको थिएन । तर, खेलको ५४औं मिनेटपछि दुवै टिमाबाट जम्म ४ गोल भए । खेलको ५४औं मिनेटमा घरेलु टोली बर्नलीले पहिलो गोल गरेको थियो । उसका लागि ज्याक कर्कले गोल गरेका थिए ।
तर, त्यसपछि लिभरपुल खेलमा फर्किदै लगातार तीन गोल गर्यो । उसका लागि खेलको ६२औं मिनेटमा जेम्स मिल्नरले बराबरी गोल गरे । लगत्तै ६९औं मिनेमा रोवर्ट फर्मिन्होले गोल गरे भने ९१औं मिनेटमा जरदान शाकिरीले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
यस जितसँगै लिभरपुलले १५ खेलबाट ३९ जोडेको छ । जहाँ लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी २ मा झारेको छ । सिटीको खातामा ४१ अंक छ । तेस्रो स्थानमा रहेको टोटनह्यामको ३३ अंक छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजा :
एभर्टन विरुद्ध न्यु क्यासल ९१-१०
फुलहम विरुद्ध लेस्टर सिटी ९१-१०
वल्भ्स विरुद्ध चेल्सी ९२-१०
म्यानचेस्टर युनाइटेड विरुद्ध आर्सनल ९२-२०
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४