बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका दुई नयाँ शाखा

काठमाडौंमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका दुई नयाँ शाखा

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो। यी दुई शाखाहरु गरी बैंकको शाखा संख्या २६४ पुगेको छ। नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ।

नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन्। पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे। काठमाडौं उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Jan 18, 2024| 14:27 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्