शनिबार, साउन ३, २०८२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्डबाहकहरुले बिगमार्ट स्टोरमा सामान खरिद गर्दा बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउने भएका छन्।

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो। यो छुट योजना  यही माघ महिनाभरी मात्र लागु हुने बैंकले जनाएको छ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस 'बिगमार्ट विन्टर अफर' मा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गर्न सकिने छ।

यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ। मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लभान्वित गरिरहेको छ।

तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

 

प्रकाशित: Jan 18, 2024| 14:24 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।