बिहीबार, चैत २६, २०८२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्डबाहकहरुले बिगमार्ट स्टोरमा सामान खरिद गर्दा बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउने भएका छन्।

National life

बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लभान्वित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो। यो छुट योजना  यही माघ महिनाभरी मात्र लागु हुने बैंकले जनाएको छ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस 'बिगमार्ट विन्टर अफर' मा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गर्न सकिने छ।

यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ। मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लभान्वित गरिरहेको छ।

तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

kumari

 

प्रकाशित: Jan 18, 2024| 14:24 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्