सोमबार, असोज ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चारजना निर्वाचित भएका छन्।

Kumaribank

पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराईसहितको टोली सञ्चालक निर्वाचित भएका हुन्।

भट्टराई बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन्। भट्टराईले बैंकिङ र बिमा क्षेत्रमा साढे तीन दशक लामो अनुभव सँगालेका छन्। उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए।

साधारणसभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ। सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन्।

प्रकाशित: Jan 18, 2024| 10:07 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्