आइतबार, असोज ४, २०८३

‘ए’ डिभिजन लिग : आर्मीलाई दोस्रो स्थानमा उक्लिने मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुदैछ । पहिलो खेलमा फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा अंकतालिकाको पुछारमा रहेका ब्रिगेड ब्वाईज र मछिन्द्र क्लबले भिड्दै छन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजेबाट पहिलो खेल सुरु हुने छ भने दोस्रो खेल २:३० बाट एन्फा कम्प्लेक्समा न सुरु हुनेछ । विभागीय टिम आर्मीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । 

खराब लयबाट गुज्रिरहको फ्रेन्ड्स माथि जित हात पार्न भने लिगको उपाधि दाबेदार मानिएको आर्मीलाई केहि समस्य हुने छ । किनकी कप्तान तथा स्ट्राईकर भरत खवासले आजको खेल गुमाउनेछन् । यसअघि पाएको दोहोरो पहेलो कार्डका कारण भरतले यो खेल गुमाउने भएका हुन् । 

त्यस्तै अर्का फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण मैदान बाहिर रहदै आएका छन् । सोही कारण फ्रेन्ड्सविरुद्व उत्रदै गर्दा आर्मीलाई अग्रपङ्तीमा समस्या हुन सक्नेछ । आर्मी ५ खेलबाट १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । फ्रेन्ड्स ४ अंक सहित तालिकाको १० औ स्थानमा छ । 

आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाईजले मछिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ । पुछारका दुई टोली ब्रिगेड र मछिन्द्रलाई छैटौ चरणको खेलमा जित निकाल्दै अंक तालिका सुधार गर्ने अवसर छ ।

विभागीय टिम एपीएफलाई पराजित गरेको ब्रिगेडले सोही स्तरको नतिजालाई दोहर्याउन सकेको छैन । मछिन्द्रले भने प्रतियोगितामा एउटै जित समेत निकाल्न सकेको छैन । ब्रिगेड ३ अंक जोडेर १२ औ स्थानमा रहदाँ मछिन्द्र २ अंक जोडेर तालिकाको १३ औ स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।