शनिबार, असार १३, २०८३

कोशी प्रदेशको पहिचानको मुद्दा समाधान हुन्छ : सिटौला

 |  बुधबार, माघ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०
National life
Shivam cement

काठमाडौं -  आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहका उम्मेदवार कृष्ण सिटौला मतदाता फकाउन जिल्ला दौडाहामा छन्। 

नेपाली कांग्रेसका पू्र्वमहामन्त्री सिटौला सत्ता गठबन्धनका मतदाता फकाउँदै बुधबार भोजपुर पुगेका हुन्। उनले भोजपुरमा सत्ता गठबन्धनका नेता र जनप्रतिनिधिहरूलाई फकाउँदै पहिचानको मुद्दा चाँडै सम्बोधन हुने बताए। 

लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले कोशी प्रदेशमा उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने विश्वास दिलाए। 

‘यति ठूलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो। पहिचानको मुद्दामा समाधान खोज्न आपसी समझदारी र छलफल आवश्यक छ’, उनले भने, ‘माघ ११ गतेको निर्वाचनपछि राष्ट्रियसभाले पूर्णता पाउने छ। पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ।’ 

सिटौलाले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेताहरूलाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह पनि गरे।

प्रकाशित: Jan 17, 2024| 18:20 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्