आइतबार, चैत २२, २०८२

लिओनेसालाई पराजित गर्दै बार्सिलोना नकआउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- बार्सिलोना कोपा डेल रे मा दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गेरेको हो । 

बार्सिलोनाको जितका लागि डेनिस सुआरेजले दुई गोल गरे । त्यस्तै माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरे । मुनिरको गोल मार्फत बार्सिलोनाले खेलको १८ औं मिनेटमा अग्रता लिएको थियो । 

बार्सिलोनाको दोस्रो गोलमा पनि राकीटिचकै असिस्ट रहयो । २६ औं मिनेटमा उनले दिएको पासलाई डेनिस सुआरेजले शक्तिशाली प्रहार गर्दै गोल गरे । ४३ औं मिनेटमा राकीटिचको क्रसमा माल्कमले हेडरमार्फत गोल गर्दै पहिलो हाफमा बार्सिलोनाले ३-० को अग्रता लिएको थियो । 

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो । ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले पुन व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता ४-१को कायम गरे । 

राकीटिचले सिजनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा यस खेलमा तीन असिस्ट दिए । लगातार पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले अब लिगमा शनिबार एस्पान्योलसँग खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।