बुधबार, पुस २, २०८२

ज्योति विकास बैंकको १६औं साधारणसभा सम्पन्न

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

ज्योति विकास बैंकको १६औं वार्षिक साधारणसभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ। वार्षिक साधारणसभामा भौतिकका साथै अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरेबमोजिम सेयरधनीले आफ्नो अनुकूलअनुसारको माध्यमबाट उपस्थिति जनाएको बैंकले जनाएको छ।

National life

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले ज्योति विकास बैंक लिको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ।

सभाले बैंकको आ.व. २०८०/८१ को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिको आ.व. २०७९/८० को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको जनाइएको छ।

साधारणसभामा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए। यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिका बारेमा जानकारी गराएका थिए।

Laxmi sunrise bank
kumari

साथै बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आआफ्नो जिज्ञासा र​ सुझाव दिएका थिए। सेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए।

बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको  स्पष्ट पारेको छ।

समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजस्वमा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुर्‍याएको छ​।  बैंकको हालको चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ। बैंकले हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Jan 16, 2024| 14:14 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्