आइतबार, मंसिर २८, २०८२

मेयर साम्पाङले उपकुलपति कार्यालयमा लगाइदिए ताला

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्। मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन्।

National life

बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा ताला लगाएका हुन्। प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् र उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ। 

उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन्। मेयर साम्पाङले बीपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेका हुन्।

ताला लगाएपछि मेयर साम्पाङले उपकुलपति कार्कीले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनीपूर्ण स्टाटस लेखेका छन्। उनले लेखेका छन्, ‘बीपी अस्पतालको भीसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’

प्रतिष्ठानका उपकुलपति कार्कीले प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाको अधिकार खोस्ने पत्र सार्वजनिक भएसँगै मेयर साम्पाङले ताला लगाएका हुन्। कार्कीले आन्तरिक, बाह्य पत्राचार र मुद्दा, मामिला सम्बन्धी कार्यहरूसमेत हेर्न नपाउने गरी अपमानजनक रूपमा रजिस्ट्रारमा निहीत अधिकार समेत खोसेको पत्र सार्वजनिक भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 16, 2024| 09:12 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्