बुधबार, भदौ १७, २०८३

एकाबिहानै त्रिशूलीमा खसेको गाडी भेटियो, मानिस भेटिएनन्

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुल नजिकै त्रिशुली नदीमा खसेको गाडी सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ। पानीभित्र गएर खोजी गर्दा बोलेरो (सिंगल क्याबिन) गाडी भेटिएको मुग्लिन प्रहरीले जनाएको छ। 

गाडीमा मानिस भने नभेटिएको बताइएको छ। ​मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेटसमेत फेला परेको छ। कसैले खाली गाडी खसालेको वा दुर्घटनापछि मानिस उछिट्टिएर पानीमा बगेको खुल्न सकेको छैन।

प्रकाशित: Jan 16, 2024| 08:23 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्