शनिबार, असार १३, २०८३

ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०
National life
Shivam cement

काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ। 

लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो।  

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार गरिएको जानकारी दिए। प्रधानलाई  उपचारका लागि पाटन अस्पताल पठाइएको छ। प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र अवस्था सामान्य रहेको बताए।

प्रकाशित: Jan 15, 2024| 21:27 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्