मंगलबार, चैत २४, २०८२

आयोजकलाई हराउँदै ड्याफोडिललाई उपाधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै ड्याफोडिल ‘ए’ ले तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार उपाधी जितेको छ । 

ड्याफोडिलले आयोजकलाई ४६-२५ अंकले पराजित गरेको हो । ड्याफोडिलका लागि आङ्ग फुर्वा शेर्पाले सवार्नधिक  १९ स्कोर जोडे । त्यस्तै गल्र्स तर्फ एचएचसीए बिजयी भयो । 

एचएचसीएले स्किब्सलाई ४६-२६ अंकले पराजित गर्दै ट्रफी उचालेको हो । एचएचसीएको लागि अनिता सुनुवारले सर्वाधिक २५ अंक जोडिन् । प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयरमा ब्वाईज तर्फ ड्याफोडिलका आङ्ग फुर्वा शेर्पा र गल्र्स तर्फ एचएचसीएकी श्रीजा भुजेल रहिन् । 

बिजयी टिम तथा खेलाडीलाई साउथ साईडर्स बास्केटबलका संस्थापक रिषी रोवर्टचन र आयोजक स्कुलका प्रिन्सिपल हरि लामाले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।