बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मेलम्चीको धारा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- २४ सै घण्टा पानी आओस्

मेलम्चीको धारा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- २४ सै घण्टा पानी आओस्

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ सै घण्टा उपभोक्ताको धारामा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

National life

मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै सोमबार उनले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा दिन निर्देशन दिएका हुन्। 

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु।’

प्रधानमन्त्रीले सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा. दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने जानकारी दिए।

उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सि एम सी सँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्या लगायत विविध कारणले आयोजनाको काम पटकपटक अवरुद्ध हुन गएकोले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिनेछ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 15, 2024| 10:10 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्