बुधबार, चैत १८, २०८२

कोपा डेल रे : बार्सिलोना, अलाभेस, रियल र मड्रिड भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- स्पेनिस कोपा डेल रे फुटबल कपमा बुधबार राति ७ खेल हुँदैछन् । बुधबार हुने ७ खेलमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

कोपा डेल रेमा राति १२:१५ बजे दुई खेल हुँदै छन् । पहिलो खेलमा जिरोनाले अलाभेसको सामना गर्दै छ ।  यसअघिको खेलमा अलाभेसको घरेलु मैदानमा दुबै टोलीले २-२ को बराबरी खेलेका थिए । 

यसै समयमा हुने अर्को खेलमा एथ्लेटिको मड्रिड र स्यान्टी एन्ड्रेउ भिड्दै छन् । यसअघि स्यान्टीको घरमा भएको खेलमा एथ्लेटिको १-० ले विजयी भएको थियो ।

त्यस्तै बुधबार रातिनै १:१५ बाट तीन खेल हुँदै छन् । पहिलो खेलमा सेभिल्ला र भिल्लानोभेनिस खेल्दै छन् । यसअघि भएको खेलमा दुबै टोली गोलरहित बराबरीमा टुंगिएका थिए । 

अर्को खेलमा रियल सोसिडाड र सेल्टा भिगो खेल्दैछन् । यसअघि सेल्टाको घरमा भएको खेल १-१ को बराबरीमा टुंगिएको छ । त्यस्तै १:१५ मा नै हुने अर्को खेलमा भिल्लारियल र अल्मेरिया भिड्दैछन् । यसअघि अल्मेरियाको घरमा भएको यि दुई बिचको खेल ३-३ को बराबरीमा सकिएको थियो । 

त्यस्तै राति २:१५ बजे दुई खेल हुँदै छन् । पहिलो खेलमा भल्लाडोलिड र आरसिडी माल्लोर्सा भिड्दै छन् । यसअघि आरसिडीको घरमा भएको खेल भाल्लाडोलिडले १-२ ले जितेको थियो । 

अर्को खेलमा बार्सिलोना र कल्चरल लियोनेसा खेल्दैछन् । यसअघि लियोनेसाको घरमा भएको खेल बार्सिलोनाले १-० ले जितेको थियो । आज हुने खेल सबै टोलीका लागि निर्णायक हुनेछन् । 

यसै खेलबाट अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ । आजको खेलमा स्पष्ट गोलअन्तरमा जित निकाल्ने (समग्रमा) टोली अन्तिम १६ मा पुग्नेछ । अंक बराबरी भए अवे गोलका आधारमा अघि रहने टोलीले अन्तिम १६ मा स्थान बनाउने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।