बिहीबार, चैत २६, २०८२

नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

भरतपुर- नारायणगढ-मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ।

National life

देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो। जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो।

गत साल कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्ने काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ। सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो।

आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो।

kumari

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विसं २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो।

प्रकाशित: Jan 14, 2024| 15:40 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्