बुधबार, असोज १, २०८२

अस्पतालमा बिग्रिएका उपकरण मर्मत गरी सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

 |  आइतबार, पुस २९, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

vianetvianet

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार/उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ। सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ। 

Kumaribank

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए। ‘स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन्। ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ’, उनले भने। 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ। महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए। उनका अनुसार मधेश र कोशी प्रदेशबाहेक सबै प्रदेशमा वर्कसप स्थापना गरिएको छ। 

‘पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ’, चौरसियाले भने, ‘यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ। कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ।’ उनका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो। 

बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन्। वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ।

Metro Mart

मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ। 

प्रकाशित: Jan 14, 2024| 16:02 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्