शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सर्वोच्च अदालतभित्रै न्यायाधीश गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास

सर्वोच्च अदालतभित्रै न्यायाधीश गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास

 |  आइतबार, पुस २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

vianetvianet

काठमाडौं- न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन्। सर्वोच्च परिसरमा पसेर उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन्।
तत्काल प्रहरीले उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ।

प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन्। भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन् र आगो सल्काउन खोजिन् तर नजिकै रहेका प्रहरीले त्यसो गर्न दिएनन्। त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ। उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्।

यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।

प्रकाशित: Jan 14, 2024| 13:27 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्