बिहीबार, पुस ३, २०८२

आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

काठमाडौं- रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।

National life

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दाको सुनुवाइ हुन लागेको हो। मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने गोला प्रथाबाट टुंगो लाग्नेछ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो।

प्रकाशित: Jan 14, 2024| 09:28 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्