शुक्रबार, साउन २, २०८२

तीन सडक दुर्घटनामा १९ जनाको मृत्यु

 |  शनिबार, पुस २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

vianetvianet

काठमाडौं– देशका फरक–फरक स्थानमा भएका सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दाङ, बागलुङ र काठमाडौंमा भएका तीन दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । 

दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । 

यसैगरी बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

यस्तै काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । 


 

प्रकाशित: Jan 13, 2024| 19:40 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्