शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङ जिप दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ जिप दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

 |  शनिबार, पुस २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

vianetvianet

बागलुङ- बागलुङ ढोरपाटनमा आज बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए। घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। अन्य छजना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो। जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

प्रकाशित: Jan 13, 2024| 17:35 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्