बिहीबार, पुस ३, २०८२

भालुवाङ बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत

 |  शनिबार, पुस २८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

काठमाडौं- नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ।

National life

भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने एक महिला र ११ पुरुषको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन र रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामीको सनाखत भएको छ।

यस्तै, भारत बिहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापाको पनि सनाखत भएको छ। 

बसमा चालकसहित ३७ जना सवार थिए। जसमध्ये २४ जना घाइते छन्। महिला ६ र पुरुष १८ जना घाइते छन्। घाइतेमध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबांगमा एक, प्रास्तावित भालुबांग अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको प्रहरीले जनाएको छ। जसमध्ये चार जना गम्भीर छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 13, 2024| 15:51 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्