हेटौंडाबाट राजधानी काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन्।
थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ।
६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन्। उनलाई उपचारको निम्ति काठमाडौं लगिएको छ। प्रहरीका अनुसार उनीको अवस्था पनि गम्भीर छ। कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। शनिबार उनीहरू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ।