बिहीबार, पुस ३, २०८२

ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो

 |  शनिबार, पुस २८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

धरान- धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागुऔषधको समस्या बढिरहेको पाइएको छ। अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

National life

त्यसैगरी, बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको पाइएको छ। आव २०७७/७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८/७९ मा ३६ र आव २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए।

त्यस्तै, बेरोजगार युवामा आव २०७७/७८ मा पाँचजना र आव २०७८/७९ मा दुईजना पक्राउ परेकामा आव २०७९/८० मा २२ जना पक्राउ परेका थिए।

लागूऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको सङ्ख्या पनि बढ्दो मात्रामा देखिएको छ। अघिल्ला दुई आर्थिक वर्षमा दुई/दुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९/८० मा सातजना पक्राउ परेका छन्।

त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन्। प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९/८० मा ४६ जना पक्राउ गरेको थियो।

Laxmi sunrise bank
kumari

दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको सङ्ख्या धेरै छ। १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको सङ्ख्या भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९/८० मा एकजना मात्र पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मङ्सिर महिनासम्ममा लागूऔषधका ५० मुद्दा दर्ता भएका छन् जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन्। चालु आव २०८०/८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन्।

आव २०७९/८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए। आव २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए।

लागुऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए। 

उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन्। उहाँ घर र विद्यालय तहबाटै सचेतना फैलाउन आवश्यक भएको ठान्छन्।

प्रकाशित: Jan 13, 2024| 19:31 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्