बिहीबार, पुस ३, २०८२

बागलुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

 |  शनिबार, पुस २८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

National life
Laxmi sunrise bank
kumari

ढोरपाटन (बागलुङ)- बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रकाशित: Jan 13, 2024| 15:06 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्