काठमाडौं- नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।
भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिए।
मृतकको ठेगाना खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो। बसमा ३५ जना यात्रु रहेको र २३ घाइतेहरूको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।